काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आठराई गाउँपालिका–२ का वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि भएको आक्रमणमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
आइतबार गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराउँदै भट्टराईले वडाध्यक्षमाथि भएको घटनाप्रति गम्भीर आपत्ति जनाएका हुन्।
शनिबार बेलुकी जिल्ला कमिटी बैठक सकेर गाउँ फर्किने क्रममा सदरमुकाम तोक्मेडाँडामा सेन्दाङमाथि आक्रमण भएको थियो। घाइते भएका उनलाई उपचारका लागि झापास्थित विएनसी अस्पताल लगिएको छ।
सांसद भट्टराईले आक्रमणलाई आपराधिक गतिविधि भन्दै तत्काल दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग आग्रह गरेका छन्। साथै उनले सर्वसाधारणको शान्ति–सुरक्षामा खलल पुर्याउने यस्ता अराजक घटनामाथि नियन्त्रण गर्न गृहमन्त्री र गृह प्रशासनलाई चासो दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया