काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको आवधिक निर्वाचन समयमै हुने र यसमा कसैले हस्तक्षेप गर्न नपाउने स्पष्ट पारेका छन्।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले दक्षिण एसियाका अन्य देशहरूमा चुनाव समयमै नहुने उदाहरण दिँदै भने, “हाम्रो देशमा भने आवधिक निर्वाचन समयमै हुन्छ। कसैले यसलाई हल्लाउन सक्दैन। यहाँ निर्वाचन पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुन्छ।”

advertisement

महामन्त्री थापाले सरकारले निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरणका लागि ल्याएको विधेयकबारे पनि टिप्पणी गर्दै, “विधेयक सरकारले ल्याउँदा निर्वाचन आयोगले पेस गरेका केही कुरा हटाउन सक्ने सम्भावना छ। आवश्यकताअनुसार विधेयकमा थपघट गर्न सकिन्छ। हामीले यसमा राम्रो काम गरेका छौँ,” उनले बताए।

उहाँले निर्वाचनको उम्मेदवार छान्ने प्रक्रिया पनि सरलीकृत हुने जानकारी दिंदै भने, “जहाँ निर्वाचन हुन्छ, त्यहाँका पार्टी सदस्यले उम्मेदवार चयन गर्न पाउने व्यवस्था राम्रो हो। साथै मतदाता शिक्षालाई नागरिकसम्म व्यापक रूपमा पु¥याउनु आवश्यक छ।”

थापाले समयमै चुनाव सम्पन्न गर्ने र लोकतन्त्रको प्रक्रिया मजबुत बनाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com