काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा आवधिक निर्वाचन समयमै हुने परम्परालाई कुनै पनि शक्ति वा व्यक्तिले हल्लाउन नसक्ने स्पष्ट बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले दक्षिण एसियाका धेरै देशहरूमा निर्वाचन तोकिएको समयमा नहुने परिपाटी भए पनि नेपालमा भने समयमै निर्वाचन सम्पन्न हुने परम्परा मजबुत रूपमा स्थापित भएको बताए।

advertisement

उनका अनुसार नेपालमा हुने निर्वाचन अन्य मुलुकहरूको तुलनामा स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुने विशेषता बोकेको छ। उनले भने, “दक्षिण एसियामा धेरै ठाउँमा निर्वाचन ढिलो हुन्छ वा नाममात्रको हुन्छ, तर हाम्रोमा समयमै हुन्छ, स्वतन्त्र हुन्छ, निष्पक्ष हुन्छ। यसलाई कसैले पनि हल्लाउन सक्दैन।”

निर्वाचनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न सरकारले ल्याएको विधेयकबारे कुरा गर्दै थापाले निर्वाचन आयोगले पेस गरेका महत्वपूर्ण प्रावधान सरकारको प्रस्तावमा हटिन सक्ने सम्भावना भएकाले सबै राजनीतिक दल र सरोकारवालाहरू सजग रहनुपर्ने आवश्यकता औंल्याए। उनले आवश्यकताका आधारमा संसदबाट विधेयकमा फेरि संशोधन थप्न सकिने स्पष्ट गरे।

त्यसैगरी उनले स्थानीय स्तरमा उम्मेदवार छनोट गर्ने अधिकार सोही क्षेत्रमा रहेका दलका सदस्यलाई दिने व्यवस्था सकारात्मक भएको धारणा पनि व्यक्त गरे।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com