काठमाडौं । बंगलादेशले नेपाललाई यू-१७ फुटबल प्रतियोगितामा ३–० गोलअन्तरले पराजित गरेको छ।
अाइतबार सम्पन्न खेलमा बंगलादेशले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै नेपाललाई दबाबमा पारेको थियो। खेलको पहिलो हाफमै बंगलादेशले दुई गोल गर्दै अग्रता लिएको थियो भने दोस्रो हाफमा थप एक गोल गर्दै जित पक्का गरेको हो।
नेपालका खेलाडीहरूले केही मौका सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्। यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिने संकटमा परेको छ।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया