काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापति पदका लागि उम्मेदवार चयन गर्न पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ । बैठक आज बिहान १० बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बस्ने कार्यक्रम छ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, साथै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई सहभागी हुन आह्वान गरिएको छ ।

advertisement

गत साउन २८ गते ‘कुलिङ पिरियड’ सम्बन्धी विवादमा मुछिएर सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएपछि पद खाली भएको हो । नियम अनुसार १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने बाध्यता भएकाले आजकै बैठकबाट उम्मेदवार टुंगो लगाइने अपेक्षा गरिएको छ । सभामुख देवराज घिमिरे पनि कांग्रेसबाट आजै उम्मेदवारको नाम आउन प्रतीक्षारत छन् ।

यस्तै, कांग्रेस पदाधिकारीहरूको यस बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनबारे पनि प्रारम्भिक छलफल हुने सम्भावना रहेको एक नेताले बताएका छन् ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com