काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा रेस लामा नामले परिचित गोपाल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंको चाबाहिलस्थित एवान क्याफेबाट उनलाई आइतबार सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई हाल सुकेधारामा बस्दै आएका ४२ वर्षीय मोक्तानले जनक भनिने एकराज कार्कीलाई अश्लिल शब्द प्रयोग गर्दै गालीगलौज तथा कुटपिट गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।
उनलाई प्रारम्भिक अनुसन्धानपछि आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशालामा राखिएको र थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार












प्रतिक्रिया