काठमाडौं । हालै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका नेता वामदेव गौतमले आफू पार्टीमा आउन चाहेको समय एमाले विभाजन भएर नयाँ पार्टी निर्माण हुने बेलासँग मेल नखाएको बताए। उनले पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्ना अनुभव र विचार साझा गरेका हुन्।

गौतमले भने, एमालेमा मसँग शक्ति थियो र पार्टी निर्माणसम्बन्धी काममा उत्साहपूर्वक जुटेको थिएँ। त्यसबेला सोचेँ, म लागे भने फुटेका पार्टीहरू फेरि जुटाउन सक्छु। तर वास्तविकतामा मैले सीमित प्रयासभन्दा बढी केही गर्न सकिनँ।

advertisement

उनले स्वीकार गरे, शक्तिविना ठूलो पार्टीहरूलाई समेट्न सकिनँ, मेरो आवाज हराउँथ्यो। त्यसपछि नयाँ पार्टी निर्माणको प्रयास गर्दा पनि अपेक्षित सफलता हात लागेन। बनेको पार्टीभित्र पनि मैले यही कमी अनुभव गरेँ।

गौतमले राष्ट्रिय एकता अभियानका क्रममा आफूलाई निष्कासनको स्थितिमा पार्ने दुई घटना सम्झँदै, पार्टी निर्माणमा नेताहरू काठमाडौं केन्द्रित हुने समस्या औँल्याए। उनले सबै नेता र कार्यकर्तालाई स्पष्ट कार्यक्षेत्र तोकेर काममा लाग्नुपर्ने सुझाव दिए।

उनले थपे, म तल्लो तहमा गएर काम गर्न तयार छु। देशभर ७५३ पालिकामा कम्तीमा पाँच सदस्यको कमिटी बनाउँछौं भने पनि सुरु हुन्छ। १० सदस्यको कमिटी निर्माण गर्न सक्यौँ भने हाम्रो पार्टीको सदस्य संख्या २० लाखसम्म पुग्न सक्छ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com