काठमाडौँ । हालै नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले एमाले विभाजनको समयमै पार्टीमा आउन चाहेको तर परिस्थितिले नमिलेको बताएका छन्।

पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गौतमले एमालेमै महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेको कारण तत्काल निर्णय लिन नसकेको उल्लेख गरे। उनले भने, “त्यस बेला मलाई लाग्थ्यो, मसँगै शक्ति छ, फुटेका दलहरूलाई एकजुट गराउन सक्छु। तर शक्ति विना अरू पार्टीलाई मिलाउन नसकिने रहेछ भन्ने निष्कर्षमा पुगेँ।”

advertisement

गौतमले राष्ट्रिय एकता अभियानका क्रममा आफूलाई निष्कासन गर्ने गरी दुई पटक घटना भएको स्मरण गर्दै नेताहरू राजधानीमै सीमित भएको आलोचना गरे। उनले पार्टी विस्तारका लागि सबै नेतालाई आ–आफ्नो कार्यक्षेत्र तोक्नुपर्ने सुझाव दिए।

“म आफैँ तल्लो तहमा गएर काम गर्न तयार छु। अरू नेताहरू पनि सँगै लाग्नुपर्छ,” उनले भने, “देशभरका ७५३ पालिकामा पाँच जनाको कमिटी बनाउन सकियो भने हाम्रो सदस्यता २० लाख पुग्न सक्छ।”

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com