काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक परिस्थितिमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भई देशप्रतिको जिम्मेवारी निर्वाह गर्न आवश्यक रहेको बताएका छन्।

सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीले २०८४ सालमा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्नुपर्ने बताए। उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ता हप्ता आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने भए पनि त्यसको अलमलमा नफस्न आग्रह गरे।

advertisement

महामन्त्री थापाले भने, “यो समयमा नेपाली कांग्रेसले गर्नुपर्ने कार्यहरू सबै प्रकारको डर र लोभबाट मुक्त भएर गर्नुपर्छ। यसरी मात्र पार्टीले आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्छ। पार्टीका सबै कार्यकर्ता र संगठनले पनि डर र लोभ त्याग्नुपर्नेछ।”

थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्न साहित्यकारहरूलाई उत्प्रेरित गर्नुपर्नेमा पनि जोड दिए। उनले सबै सदस्यलाई आफ्नो नीति, सिद्धान्त र जिम्मेवारीप्रति सचेत रहन आग्रह गर्दै पार्टी बलियो र जिम्मेवार बन्ने दिशामा अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com