काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फेरि उच्च अदालत पुगेका छन्। सहकारी ठगी प्रकरणमा तोकिएको बिगो बुझाएर रिहा गर्न माग गर्दै उनले उच्च अदालत बुटवलमा रिट दायर गरेका हुन्।

लामिछानेकी पत्नी निकिता लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनिन् कि श्रीमानको तर्फबाट न्यायका लागि उनले उच्च अदालत बुटवलको ढोका ढक्ढक्याएको बताइन्। उनले लेखिन्, “मेरो श्रीमान् भन्छन्, देशमा शक्ति पृथकीकरण समाप्त भइसकेको छ, एउटै रावणका फरक टाउका गन्न छाडिदेऊ। तर, श्रीमतीको नाताले मेरो पनी जिद्दी छ—संविधान र कानुनले अनुमति दिएका न्यायका हरेक ढोका ढकढक्याउँछु।”

advertisement

निकिताले भैरहवा कारागारमा लामिछानेलाई राखिएको अवस्थाप्रति प्रश्न उठाउँदै जीवन सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गरिन्। उनले आरोप लगाइन् कि झुटा मुद्दा लगाएर सत्ता र शक्तिको दुरुपयोग हुँदै लामिछानेलाई थुन्ने प्रयास भइरहेको छ, र संसदमै प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले धम्क्याउने कार्यसमेत भइरहेको छ।

उनले बैंक जमानतमार्फत जेलबाहिरबाटै मुद्दा लड्न दिनुपर्ने माग गरेकी छन्। तर, सोही मागअन्तर्गत जिल्ला अदालत रुपन्देहीमा पहिले दायर रिट खारेज भइसकेको थियो।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com