काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको राजनीतिक नेतृत्वले अलमल र व्यक्तिगत महत्वाकाङ्क्षाबाट मुक्त हुनुपर्ने बताएका छन्।
कवि दीर्घबहादुर शाही ‘डोक्का घरे’को मुक्तक सङ्ग्रह ‘जीवन एक विम्ब अनेक’ को विमोचन समारोहमा बोल्दै थापाले राजनीतिक नेताहरूले २०८४ को “मेरो पालो” भन्ने सोचबाट बाहिर निस्कन आवश्यक रहेको बताए। उनले भने, “डर र लोभबाट टाढा रहनुपर्छ। पाँच वा दश वर्ष कुर्नु परे पनि मनभित्रको दियो निभ्न दिनु हुँदैन। महत्वाकाङ्क्षी धेरै राख्नु हुँदैन।”
थापाले साहित्य र सिर्जनशीलतालाई समाज अगाडि बढाउने प्रेरणाको स्रोत भनेको उल्लेख गर्दै कवि शाहीको मुक्तक सङ्ग्रहले नेपाली साहित्यमा नवीन ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया