ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित तमोर करिडोर सडकखण्डमा टिपरसहित खसेका एक युवक बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, तमोर–५ जलविद्युत आयोजनामा मेकानिकको रूपमा कार्यरत तनहुँ शुक्लागण्डकी नगरपालिका–४ का २४ वर्षीय सुदीप सुवेदी टिपरसहित नदीमा खसेका हुन्।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले बताएअनुसार ग १ क ६३१८ नम्बरको टिपर मर्मतसम्बन्धी चेकजाँच भइरहेका बेला अचानक सडकबाट करिब २५ मिटर तल तमोर नदीमा खसेको हो।
घटनापछि प्रहरी चौकी लुङथुङबाट प्रहरी सहायक निरीक्षक टंक बस्नेतको नेतृत्वमा खटिएको टोलीले सुवेदीको खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ। हालसम्म उनी बेपत्ता नै रहेका छन् र उद्धार प्रयास जारी छ।
प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार













प्रतिक्रिया