धनुषा ।  मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशस्थित सुरक्षा निकायका कार्यालयहरूलाई सवारीसाधन उपलब्ध गराएको छ । आज जनकपुरधाममा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले देश र जनताको शान्तिसुरक्षा र सुव्यवस्थामा अहोरात्र खटिने सुरक्षा निकायले स्रोत र साधनको अभाव झेल्न नहुने बताए ।

मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश र विभिन्न जिल्लास्थित रहेका कार्यालयहरूलाई चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी २६ थान सवारीसाधन उपलब्ध गराएको हो । गृह मन्त्रालयका प्रदेश सचिव विमलप्रसाद बरालका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई एक थान पिक अप गाडी र २१ मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

advertisement

त्यस्तै, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरी र रौतहटलाई एक–एक थान पिक अप गाडी वितरण गरेको छभने राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरी र धनुषालाई एक–एक थान इलेक्ट्रिकल इभी गाडी वितरण गरेको छ ।

गृहमन्त्री लेखीका अनुसार प्रदेशका आठवटै जिल्लास्थित रहेका जिल्ला प्रहरी कार्यालय र ‘क’ श्रेणीका इलाका प्रहरी कार्यालयहरूलाई केही दिनभित्रै एक–एक थान चारपाङ्ग्र्रे सवारीसाधन वितरण गरिने छ ।

प्रकाशित मिति: ९ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com