काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानको मागप्रति ऐक्यबद्धता जनाएका छन्।

मंगलबार भट्टराई माइतीघर पुगेका किसानसँग भेटेर उनीहरूको माग समर्थन गरे। उखु किसान महासंघ संघर्ष समितिको आह्वानमा आइतबारदेखि सुरु भएको आन्दोलनमा किसानहरूले प्रतिक्विन्टल रु ७० का दरले बक्यौता भुक्तानी हुनुपर्ने माग राखेका छन्।

advertisement

किसानहरूले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुका लागि अनुदानको विनियोजन नगरेको विषय पनि उठाएका छन्। साथै, आर्थिक वर्ष २०८१/८२ मा बिक्री गरिएको उखुका एक अर्ब ६० करोड रुपैयाँ तत्काल भुक्तानी गर्नुपर्ने, आगामी वर्षमा अनुदान निरन्तरता दिनुपर्ने र मूल्य निर्धारण आपसी छलफलबाट मात्रै गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन्।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com