काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन्। औपचारिक घोषणा भने भोलि हुने भएको छ।

समितिका तत्कालीन सभापति रामहरि खतिवडाले पद छोडेपछि रिक्त स्थान पूर्तिका लागि मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको थियो। प्रतिनिधि सभाका सचिव हर्कराज राईका अनुसार निर्धारित अवधिमा न्यौपानेको मात्र उम्मेदवारी परेको हो।

advertisement

भोलि दिउँसो ३ बजे बस्ने समितिको बैठकमा उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएको घोषणा गरिनेछ।

यसअघि न्यौपाने संसदीय सुनुवाइ समितिको सभापति थिइन्। नेपाली कांग्रेसले उनलाई राज्य व्यवस्था समितिको सभापतिमा जिम्मेवारी दिने निर्णय गरेपछि उनले मंगलबार नै सभामुखसमक्ष राजीनामा दिएकी थिइन्। राजीनामा दिएलगत्तै उनले उम्मेदवारी दर्ता गराएकी थिइन्।

न्यौपाने कांग्रेसको समानुपातिकतर्फकी सांसद हुन्। यसअघि उनलाई पार्टीले प्रतिनिधि सभाको उपसभामुखमा पनि उम्मेदवार बनाएको थियो तर उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरसँग पराजित भएकी थिइन्।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com