काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासद्वारा बन्धक बनाइएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि जोर्डनका राजा अब्दुल्ला द्वितीयसँग पहल गर्न आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले मंगलबार राजालाई पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ र स्वदेश फिर्तीका लागि मानवीय तथा कूटनीतिक पहल गर्न अनुरोध गरेका हुन्। पत्रमा नेपाल र नेपाली जनताले यस सम्बन्धमा हुने सबै सकारात्मक कदमको उच्च मूल्याङ्कन गर्ने उल्लेख गरिएको छ।

advertisement

यसअघि जोशीकी आमा र बहिनीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा पौडेललाई भेटेर रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए। सो भेटमा राष्ट्रपति पौडेलले आवश्यक सबै प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com