काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने बुधबार दिउँसो ४ बजे शपथग्रहण गर्ने भएकी छन्।

संघीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा शपथ समारोह आयोजना गरिएको छ।

advertisement

मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएकोमा न्यौपाने मात्र उम्मेदवार बनेकी हुँदा उनी निर्विरोध सभापति चुनिएकी हुन्।

यसअघि, तत्कालीन सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादपछि साउन २८ गते पदबाट राजीनामा दिएका थिए।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com