तस्बिरः एन्फा
काठमाडाैं । भुटानकाे थिम्पुमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ। यो खेल नेपालका लागि जीवन-मरणको लडाइँ बनेको छ।
अहिलेसम्मका तीन खेलमा नेपालले एक जित र दुई हार व्यहोरेको छ। बंगलादेशसँग आजको खेल हार्ने हो भने नेपाल उपाधि होडबाट बाहिरिनेछ। तर, जित हात पारे उपाधि नजिक पुग्ने सम्भावना कायम रहनेछ।
डबल राउन्ड रोबिन लिग प्रणालीमा जारी प्रतियोगितामा भारत ९ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा रहेको छ। नेपालले आज बंगलादेशलाई यसअघि दोस्रो पटक सामना गर्न लागेको हो।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार












प्रतिक्रिया