काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र चेस खेलबीच गहिरो सम्बन्ध रहेको बताएका छन्।

अखिल नेपाल चेस संघले आयोजना गरेको भक्त राणा स्मृति चेस प्रतियोगितामा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धका समयमा चेस खेलले क्रान्तिकारी योद्धाहरूलाई बौद्धिक विकास र मानसिक उपचारमा ठूलो योगदान पुर्‍याएको बताए।

advertisement

“१० वर्षको जनयुद्धमा हाम्रा क्रान्तिकारी योद्धाहरूले सबैभन्दा बढी खेल्ने खेल चेस नै थियो। रणमैदानमा दुश्मनसँग खेलिने रणनीतिक चाल जस्तै चेसमा पनि रणनीति आवश्यक पर्थ्यो,” उनले भने।

प्रचण्डले दिवंगत भक्त राणा मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाका रुपमा स्मरण गर्दै उनको त्याग र बलिदान सदैव नेपाली जनताले सम्झिरहने बताए।

प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै उनले अखिल नेपाल चेस संघलाई धन्यवाद दिएका थिए। साथै, खेलाडीहरूको उत्साहप्रति प्रशंसा गर्दै सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा प्रचण्डले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिएका थिए।

 

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com