काठडामाैं । कालीकोट जिल्लाकाे कालेखोलामा सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

कालेखोलामा आएको लेदोसहितको पहिरो पन्छाएपछि राजमार्ग खुलाइएको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले जानकारी दिए।

advertisement

सडक खुलेसँगै कर्णाली करिडोर हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला जाने साना सवारीसाधनहरू पुनः गन्तव्यतर्फ निस्किएका छन्। प्रहरीले सुरक्षा व्यवस्था कडा गर्दै यात्रु र सवारीसाधनको सञ्चालन नियमित गरिरहेको छ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com