काठमाडाैं । अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ विद्यार्थी नआए अमेरिकी विश्वविद्यालय बन्द हुने दाबी गरेका छन्। मंगलबार उनले भने, ‘मलाई चीन र अन्य देशका विद्यार्थीहरू अमेरिका पढ्न आएको मन पर्छ। यदि ती विद्यार्थीहरू अमेरिका आएनन् भने यहाँका विश्वविद्यालयहरू बन्द हुनेछन्।’

उनले थप भने, ‘हाम्रो चीनसँग राम्रो सम्बन्ध छ। उनीहरूका विद्यार्थीहरूलाई आउनबाट रोक्नु उनीहरूको अपमान हुनेछ।’ यो बयानको एक दिनअघि ट्रम्पले चीनले चुम्बक र दुर्लभ पृथ्वीका सामग्रीहरू आपूर्ति नगरेमा २०० प्रतिशत कर लगाउने धम्की दिएका थिए।

advertisement

अमेरिकी विदेश विभागको प्रतिवेदनअनुसार २०२३-२०२४ मा अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या २ लाख ७७ हजार ३९८ थियो, जुन ११ लाख विदेशी विद्यार्थीको २४.५ प्रतिशत हो।

ट्रम्प प्रशासनले दोस्रो कार्यकालमा विदेशी विद्यार्थीका लागि भिसा नियम कडा बनाएको छ। अप्रिलमा हजारौं विदेशी विद्यार्थीको भिसा रद्द गरिएको थियो। प्रशासनले विद्यार्थीका लागि नयाँ अन्तर्वार्ताको तालिका बनाउन प्रतिबन्ध लगाएको छ। सामाजिक सञ्जाल प्रोफाइलको छानबिन कडा बनाएको छ। एजेन्सी

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com