काठमाडौं । उर्जामन्त्री दिपक खड्काले सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उच्च व्यवस्थापन समूह (SMT) मा उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्।
उर्जामन्त्री खड्काले आफ्ना फेसबुक स्टाटसमार्फत जानकारी दिँदै लेखेका छन्, “साउन २९ गते भएको कार्यसम्झौता बमोजिम आज मन्त्रालयका सचिवहरूसँग कार्यसम्पादन सम्झौता गरेको छु। SMT मा उच्च मनोबलका साथ कार्यसम्पादन सम्झौतालाई शतप्रतिशत नतिजा ल्याउने गरि काम गर्न निर्देशन दिएको छु।”
उनले सचिवहरूलाई विगतको अनुभवबाट पाठ सिक्दै कार्यसम्पादन सम्झौता भन्दा बढी काम गर्न सकिने अवस्थालाई ध्यानमा राखी काम गर्न अनुरोध गरे। उर्जामन्त्री खड्काले प्राविधिक र जनतासँग सिधा सम्पर्क हुने मन्त्रालय भएकोले अन्तर विभाग र जनतासँगको समन्वयमा जोड दिँदै इमान्दारपूर्वक काम गर्न र शतप्रतिशत नतिजा ल्याउन निर्देशन दिए।
उनले थप लेखेका छन्, “देश बनाउने जिम्मा तपाई हामी सबैको हो। तपाई आफ्नो क्षेत्रमा अब्बल हुनुहुन्छ, क्षमता देखाउने गरि काम गर्नुस्, अफ्ठ्याराहरू फुकाइँदै जाला।”

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार












प्रतिक्रिया