काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै परियारले वर्तमान संविधान प्रगतिशील भएपनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई संविधान मन नपरेको बताएका छन्।
उनले संविधानलाई अगाडि बढाउनेभन्दा संशोधनको बहानामा पछि फर्काउने बहस सुरु भएको भन्दै यसप्रति सचेत रहन सबै पक्षलाई आग्रह गरे। साथै, राजनीतिक दलहरूले संविधानको कार्यान्वयन नगरेको आरोप उनले लगाए।
परियारका अनुसार संविधानको समानुपातिक व्यवस्थालाई पनि दलहरूले पर्याप्त रूपमा लागू नगरेको छ। उनले दल र नेतृत्वको व्यवहारअनुसार संविधान निर्माण गर्ने प्रयास भइरहेको बताउँदै यसप्रति ध्यान दिनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया