सुर्खेत । हुम्लाको सिमकोट गाउँपालिका–५ काठेचुलीमा जिप घरमा ठोक्किँदा दुर्घटना भएको छ।
लु.प्र. ०१–००१ज ०२८२ नम्बरको जिप सिमकोट बजारबाट तल्लो गाउँतर्फ जाँदै गर्दा अचानक ब्रेक फेल भई पदम रावतको घरमा पसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी विष्णु श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा गाडी चालक खार्पुनाथ गाउँपालिका–१ का तिलक ऐडी घाइते भएका छन्। उनको आँखामा र माथिल्लो ओठमा सामान्य चोट लागेकाले जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको बेला जिपमा चालक ऐडी मात्र सवार थिए।
जिप घरभित्र पसेपछि रावतको घरको माथिल्लो तलाको एक कोठा पूर्णरूपमा क्षतिग्रस्त भएको पनि प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार













प्रतिक्रिया