काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनेकी छिन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ दिलाए।

सभापति पदमा न्यौपाने मात्र उम्मेदवार बनेकी थिइन्, जसकारण उनी निर्विरोध निर्वाचित भएको सचिवालयले जनाएको छ। यसअघि समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ पिरियडसम्बन्धी विवादका कारण साउन २८ गते राजीनामा दिएका थिए।

advertisement

समानुपातिक तर्फबाट प्रतिनिधित्व गरिरहेकी न्यौपानेलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा पनि उम्मेदवार बनाएको थियो। संविधानसभा २०६४ र २०७० दुवै कार्यकालमा सदस्य रहेकी उनी २०७० सालमा कांग्रेस सचेतकसमेत थिइन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी न्यौपानेले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघमार्फत सुरु गरेकी हुन्।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com