बेइजिङ ।  उत्तर कोरियाली नेता किम जोङ उन आगामी सेप्टेम्बर ३ मा चीनमा हुने दोस्रो विश्वयुद्धको समाप्तिको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशाल सैन्य परेडमा सहभागी हुने भएका छन्।

परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्कियानसहित २६ जना विदेशी नेताहरू सहभागी हुने बताइएको छ। बेइजिङस्थित तियानमेन स्क्वायरमा हुने परेडमा चीनले अत्याधुनिक सैन्य उपकरण र हवाई क्षमताहरू प्रदर्शन गर्नेछ भने राष्ट्रपति सी जिनपिङले सेनाको निरीक्षण गर्नेछन्।

advertisement

चीनका सहायक विदेशमन्त्री होङ लेइले किमको उपस्थितिको घोषणा गर्दै “चिनियाँ जनताले दोस्रो विश्वयुद्धको विजयको रक्षा गर्न सबै देशसँग हात मिलाउने” बताएका छन्। उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले पनि किमलाई सी जिनपिङको निमन्त्रणामा सहभागी हुने पुष्टि गरेको छ।

विश्लेषकहरूले किमको यो भ्रमणलाई चीन–उत्तर कोरिया सम्बन्धलाई थप सुदृढ गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। सिङ्गापुरस्थित विशेषज्ञहरूको भनाइमा, यस कदमले अमेरिका र पश्चिमी मुलुकलाई संयुक्त चीन–उत्तर कोरिया–रूस नजिकिँदै गएको सन्देश दिनेछ।

किमले यसअघि सन् २०१९ मा चीन भ्रमण गरेका थिए। चीन उत्तर कोरियाको प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक सहयोगी मानिन्छ।

  • एजेन्सी

 

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com