काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टीभित्र बहुमतको नारा दिने तर व्यवहारमा वैकल्पिक आधार खोज्ने प्रवृत्तिप्रति आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले कार्यकर्ताको पीडा र संघर्षलाई बेवास्ता गरी चुनाव जित्न अर्कैको आधारमा निर्भर गर्ने प्रचलनले पार्टी कमजोर बन्दै गएको बताए ।
“चुनाव जित्न कि त कार्यकर्ताको पीडाको व्यापार, कि त अर्कैको वैशाखी चाहिने, अन्तिममा त्यै पनि पार नलागेपछि समानुपातिकमा सूचीकृत भई आएका र पूर्व बुकिङ गर्न कुद्नेहरूले बहुमत, बहुमत भनेर बर्बराउँदा वाक्कै लाग्न थाल्यो,” उनले लेखेका छन् ।
बास्कोटाले २०८४ पछि चुनावै नहुने वा लोकतान्त्रिक अभ्यास समाप्त हुने जस्तो देखाउने शैलीमा प्रस्तुत भइरहेका नारामाथि पनि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया