तस्बिर- एन्फा
काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा एपीएफ क्लबले आज थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्ससँग प्रतिस्पर्धा गर्नेछ ।
खेल उज्बेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ । एपीएफको नेतृत्व कप्तान अनिता बस्नेतले गर्नेछिन् ।
एपीएफ पहिलो खेलमा आयोजक क्लब नासाफ पीएफसीसँग ३-० ले पराजित भएको थियो । यता कलेज अफ एसियन स्कोलार्सले भने उद्घाटन खेलमा साउदी अरेबियाको अल नासरलाई २-० ले हराएको थियो ।
समूह चरणमा स्थान सुरक्षित गर्न एपीएफलाई आजको खेल जित्नैपर्ने छ । पराजित भए एपीएफको समूहविजेता बन्ने सम्भावना समाप्त हुनेछ ।
प्रारम्भिक चरणमा रहेका ५ समूहका विजेता तथा पाँचमध्ये उत्कृष्ट एक उपविजेता टोलीले अर्को चरणमा प्रवेश पाउनेछन् ।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया