सिरहा ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा सिराहाको मिर्चैयामा ओभरपास निर्माण भइरहेको छ । निर्माण कम्पनी ‘चाइना रेलवे–२ इन्जिनियरिङ ग्रुप’ले सन् २०२५ डिसेम्बर ३१ भित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको जनाएको छ ।

पाँच सय मिटर लम्बाइको ओभरपासमा २४ वटा ‘पाइल’ राखिसकिएको छ । उक्त संरचना छ मिटर उचाइमा निर्माण हुने बताइएको छ ।

advertisement

आयोजनाका प्राविधिक शाखाका सूचना अधिकारी सरोज कोइरालाले भने, “यो संरचना निर्माणपछि पूर्वपश्चिम तर्फ सवारीसाधन ओभरपासबाटै गुड्नेछन् भने उत्तर—दक्षिण तर्फका सवारीसाधन मुनिबाट क्रस हुने व्यवस्था मिलाइनेछ ।”

सोही योजनाअन्तर्गत लहान चोकमासमेत अर्को ओभरपास निर्माण सुरु भइसकेको छ । विद्युत् पोल नसरिएकाले त्यहाँ केही प्राविधिक समस्या उत्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

कञ्चनपुरदेखि कमलासम्मको ८६.८३ किलोमिटर सडक विस्तार परियोजनाअन्तर्गत बलान नदीदेखि कमलासम्मको ४७ किलोमिटर खण्डमा हालसम्म ६६.५० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ रहेको छ ।

प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com