काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज मौसम प्रतिकूल भएपछि नेपालगञ्जमा अवतरण गर्न बाध्य भएको छ।
बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडान नम्बर १३७ रहेको ‘एटीआर ७२–५००’ जहाज सुर्खेतमा मौसम खराब भएपछि डाइभर्ट भएर नेपालगञ्ज विमानस्थलमा सुरक्षित अवतरण गरेको हो।
बुद्ध एयरका अनुसार जहाजमा रहेका सबै यात्रु सकुशल छन्।
प्रकाशित मिति: १२ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया