काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइने भएको छ। सो जानकारी प्रतिनिधि सभा बैठकमा आज दिउँसो १ बजे सभामुख देवराज घिमिरेले दिने कार्यक्रम रहेको छ।

कर्मचारीको कुलिङ पिरियड सम्बन्धी विवादपछि खतिवडाले यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पद छोडेका थिए। उनी राजीनामा दिएपछि उक्त समितिको नेतृत्व अब ईश्वरीदेवी न्यौपानेले लिएकी छन्। न्यौपाने यसअघि सुनुवाइ समितिको सभापति पनि थिइन्।

advertisement

भदौ १० गतेदेखि राज्य व्यवस्था समितिको जिम्मेवारी सम्हालेपछि न्यौपानेबाट सुनुवाइ समिति सभापति पद खाली भएको हो। प्रतिनिधि सभा नियमावलीअनुसार कुनै पनि विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने प्रावधान छ। त्यस हिसाबले भदौ २५ गतेसम्म सुनुवाइ समितिको नयाँ सभापति चयन गर्नुपर्ने हुन्छ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीमा राजीनामा दिएपछि पद रिक्त हुने प्रावधान छ भने पुनः पूर्तिसम्बन्धी व्यवस्था भने खुलाइएको छैन। तर नियम ४४ बमोजिम त्यस्ता विषयमा प्रतिनिधि सभा नियमावलीलाई नै आधार मानिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com