काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी रकम ठगी गर्ने आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ स्थायी घर भई हाल काठमाडौं कपन बस्दै आएका २७ वर्षीय रवि लामा रहेका छन्।
लामाले फेसबुक, ह्वाट्सएप, टिकटक लगायतका प्लेटफर्ममा नक्कली परिचयपत्र प्रयोग गरी परिचय बढाउने र उपचार खर्च जुटाइदिनु वा रोजगारी दिलाइदिने जस्ता प्रलोभन देखाइ पीडितसँग पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार चाबहिल गणेशस्थान नजिकैबाट पक्राउ गरेको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया