हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताएका छन्।

मानव सेवा आश्रमको १३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशका १३ जिल्लामा सडक–आश्रित, बेसहारा र असहाय व्यक्तिको उद्धार तथा संरक्षण सुनिश्चित गर्दै सरकारले ‘मानवताको प्रदेश’ घोषणा गर्ने बताए।

advertisement

उनले आश्रमको सेवालाई सबै जिल्लामा विस्तार गर्न सरकार पूर्ण रूपमा साझेदार बन्ने र आवश्यक परे भवन तथा संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। बानियाँले भने, “एक व्यक्तिले सत्य र मानवताको भावनाबाट निरन्तर काम गर्दा समाज र सरकार दुवैलाई सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। हामी सरकारमा छौँ, इच्छाशक्ति भए धेरै गर्न सक्छौँ।”

मुख्यमन्त्रीले समाज सुधार र टुटेका मनहरू जोड्नेतर्फ सबैलाई सोच्न आग्रह गर्दै, सङ्घीय सरकारको खाली भवन आश्रमका लागि उपलब्ध गराउने विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग पहल गर्ने आश्वासन पनि दिएका छन्।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com