काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, “सोमबारदेखि कवाड व्यवसायीहरू सडकमा आन्दोलनरत छन्। तर सरकारले वार्ता मार्फत उनीहरूको माग सम्बोधन गर्न पहल गरेको छैन। यस विषयमा सरकारले तत्काल कदम चाल्नु आवश्यक छ।”

advertisement

सांसद यादवले काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डेको रङ्गभेदी अभिव्यक्तिप्रति पनि आपत्ति जनाइन्। एसएसपी पाण्डेले गोरा मात्रै नेपाली हुन्, काला होइनन् भनी बताएका थिए। यादवले यो अभिव्यक्ति खेदजनक र निन्दनीय भएको बताउँदै उनले प्रहरी प्रमुखले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरिन्।

उनले थपिन्, “रङ्गले नेपाली हुने होइन, जन्म र आफ्नो परिचयले नेपाली ठानिन्छ। त्यसैले यस्तो अभिव्यक्तिप्रति तत्काल माफी मागिनुपर्छ।”

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com