काठमाडौं । अब अनुमति पत्रबिनै घरजग्गा कारोबार गर्ने व्यक्तिलाई २५ लाख रुपैयाँसम्म जरिवाना र ६ महिना कैद सजाय हुने भएको छ।

मालपोत नियमावलीको आठौँ संशोधन नेपाल राजपत्रमा प्रकाशनसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो। करिब एक वर्षअघि मालपोत ऐनमा कानुनी प्रावधान गरिएको भए पनि नियमावली संशोधनमार्फत् मात्र लागू गरिएको हो।

advertisement

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐन संशोधनसँगै गरिएको व्यवस्थाअनुसार अब घरजग्गा कारोबार गर्न अनुमति लिन अनिवार्य छ।

अनुमति लिई कारोबार गर्ने व्यक्तिले एकपटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्न पाउने छन्। यसका लागि पाँच लाख रुपैयाँ नवीकरण दस्तुर तोकिएको छ। पाँच करोडभन्दा बढी वा कम रकम कारोबार गर्न चाहनेले भने १० लाख रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था छ।

अनुमति अवधि सकिनु ३५ दिनअघि नै चारदेखि आठ लाख रुपैयाँसम्म दस्तुर बुझाउनुपर्नेछ। त्यस्तै, इजाजत लिँदा व्यक्तिले ५० हजार र संस्थाले दुई लाख रुपैयाँ धरौटी बैंक ग्यारेण्टीका रूपमा राख्नुपर्ने प्रावधान गरिएको छ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com