काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल अब बन्द हुने स्पष्ट चेतावनी दिएका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले सात दिनभित्र दर्ता प्रक्रिया पूरा गर्न सार्वजनिक आह्वान गरिसकेको स्मरण गराउँदै तोकिएको समयसीमा भित्र दर्ता नगर्ने सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णयमा सरकार दृढ रहेको बताए ।

advertisement

उनका अनुसार, यसअघि पटक–पटक दर्ताको अवसर दिइएको भए पनि केही सामाजिक सञ्जाल अझै कानूनी प्रक्रिया पूरा नगरेकाले अन्तिम चेतावनीस्वरूप यो आह्वान गरिएको हो ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार र जवाफदेही बनाउन सात दिनको समयसीमा तोकी सञ्चार मन्त्रालयमा दर्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com