काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा दर्ता गरिएको बताएका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हदबन्दीभन्दा बढी जग्गा राख्न दिने वा बिक्री गर्ने व्यवस्था कानुनमै भएको स्पष्ट पारे। “नेपाल सरकारले सूचित आदेशमार्फत हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति दिन सक्छ, त्यसबेला आवश्यक सर्त तोक्ने प्रावधान पनि छ,” उनले भने।

advertisement

नेपालका अनुसार हदबन्दीभन्दा बढी जग्गा राख्न दिने अधिकार सरकारले नै प्रयोग गर्न सक्छ, त्यसैले आफूले गल्ती गरेको आरोपको कुनै कानुनी आधार छैन। उनले सो जग्गा मन्त्रीपरिषद्को सर्वसम्मत निर्णयमार्फत उपलब्ध गराइएको उल्लेख गर्दै, “त्यस बैठकमा विद्यादेवी भण्डारी, शङ्कर पोखरेल, सुजाता कोइराला, भीम रावल, मिनेन्द्र रिजाललगायत सबै उपस्थित थिए,” भने।

अध्यक्ष नेपालले आफ्नो जीवनमा कहिल्यै गल्ती वा बदमासी नगरेको दोहोर्‍याउँदै, पतञ्जलि प्रकरणमा आफूमाथि लगाइएका आरोपहरू निराधार भएको जिकिर गरे।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com