काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले राजनीतिमा आउने सङ्केत दिएका छन्।

एक महिने विदेश भ्रमणपछि ‘उज्यालो नेपाल अभियान’ लिएर स्वदेश फर्किएका घिसिङले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देशमा व्याप्त निराशा हटाउन आवश्यक रहेको बताए।

advertisement

उनीमाथि नयाँ पार्टी खोल्ने वा अस्तित्वमा रहेका शक्तिसँग मिल्ने सवालमा सञ्चारकर्मीले प्रश्न सोध्दा उनले भने, “धेरै सुझाव आएका छन्। व्यक्तिगत प्रयास मात्र पर्याप्त छैन। देशलाई सुधार्न डेलिभरी दिन सक्ने, सामूहिक टिम निर्माण हुनुपर्छ। राम्रा व्यक्तिहरू हरेक क्षेत्रमा सक्रिय हुनुपर्छ। एकजुट भएर देश बनाउने अभियानमा लाग्नुपर्छ।”

रुपन्देही उपनिर्वाचनलाई आफ्नो प्राथमिकतामा नराखेको पनि घिसिङले स्पष्ट पारे। “एकजना व्यक्तिले मात्र देशको समस्या समाधान गर्न सक्दैनन्। रुपन्देही उपनिर्वाचनमा म धेरै जान चाहन्न। यो अभियान एउटै ठाउँको लागि होइन, समग्र देशको सुधारका लागि हो,” उनले बताए।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com