काठमाडाैं । ‘उज्यालो नेपाल’ अभियानका अभियन्ता तथा पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीबाट चुनावी प्रतिस्पर्धामा उत्रिने चर्चा अस्वीकार गरेका छन्। शनिबार विदेश भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो स्पष्ट पारेका हुन्।

घिसिङले भने, “रुपन्देहीको कुरा भइरहेको छ तर म त्यतातिर जान चाहन्न। एउटै ठाउँमा गएर धेरै सुधार गर्ने अवस्था पनि छैन, त्यसैले त्यसलाई विशेष महत्त्व दिएको छैन।” उनले आफ्नो अभियान कुनै एक निर्वाचन क्षेत्र केन्द्रित नभई व्यापक सुधारतर्फ उन्मुख रहेको बताए।

नयाँ पार्टी खोल्ने वा विद्यमान पार्टीमै प्रवेश गर्ने विषयमा अहिलेसम्म निश्चित निर्णय नलिएको स्पष्ट पार्दै घिसिङले भने, “धेरै सुझाव आएका छन्। उज्यालो नेपाल अभियानको उद्देश्य भनेकै राम्रो व्यक्तिहरूको टिम निर्माण गर्नु हो—पार्टीभित्र वा बाहिर जसरी भए पनि। व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन, सामूहिक प्रयास आवश्यक छ।

प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com