अमेरिकी अखबार न्युयोर्क टाइम्सले हाल प्रकाशित रिपोर्टअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नोबेल शान्ति पुरस्कार प्रयासलाई अस्वीकार गरेपछि दुई देशबीचको सम्बन्धमा तिक्तता उत्पन्न भएको खुलासा भएको छ।
रिपोर्टअनुसार, सन् २०२० को जुन १७ मा भएको फोन कलका क्रममा ट्रम्पले भारत–पाकिस्तानबीचको युद्धविरामलाई आफ्नो मध्यस्थता देखाउँदै मोदीसँग नोबेल शान्ति पुरस्कारका लागि समर्थन मागेका थिए। तर मोदीले अमेरिकाको कुनै संलग्नता नभएको प्रष्ट पार्दै सो प्रस्ताव अस्वीकार गरेका थिए।
फोन वार्तापछि केही हप्तामै अमेरिकाले भारतमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाएको थियो। यसपछि दुई नेताबीच संवाद नभएको रिपोर्टमा उल्लेख छ।
त्यस्तै, मोदीले क्यानाडामा भएको जी–७ शिखर सम्मेलनपछि वासिङ्टन भ्रमण गर्न ट्रम्पको निमन्त्रणा समेत अस्वीकार गरेका थिए। ट्रम्पले भारतीय प्रधानमन्त्री र पाकिस्तानी सेना प्रमुखबीच जबरजस्ती भेट गराउने आशङ्का रहेको भारतीय अधिकारीहरूको भनाइ उद्धृत गरिएको छ।
रिपोर्ट अनुसार, भारतमा हुने आगामी क्वाड शिखर सम्मेलनमा ट्रम्प सहभागी नहुन सक्ने सम्भावना पनि प्रकट गरिएको छ।
तर ह्वाइट हाउसका प्रवक्ताले भने ट्रम्पले यस्तो सम्पर्क गरेको दाबी अस्वीकार गरेका छन्।
- एजेन्सी
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार













प्रतिक्रिया