बुटवल । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेससँगको गठबन्धन अझै कायम रहेको दाबी गरेका छन्। आइतबार बुटवलस्थित सहिद स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रचण्डले गठबन्धनका गतिविधि र माओवादी भवन निर्माणमा बुटवल उपमहानगरपालिकाको सहकार्यको उल्लेख गरे।

कार्यक्रममा प्रचण्डले माओवादी नेता  स्व. रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को सालिक अनावरण गरेका साथै ‘टंकमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत गरेका थिए। उनले टंकमणिलाई जोखिमपूर्ण परिस्थितिमा नेतृत्व लिन सक्ने क्रान्तिकारी योद्धाका रूपमा स्मरण गरे।

advertisement

बञ्जाडे माओवादीको सशस्त्र संघर्षको प्रारम्भदेखि भूमिगत भूमिकामा सक्रिय थिए। उनी २०७८ मंसिर ८ गते सडक दुर्घटनामा परि ५५ वर्षको उमेरमा निधन भएका थिए।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com