जापान । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमालेभित्रको खलबली आगामी महाधिवेशनसम्म जारी रहने दाबी गरेका छन्।

प्रवासी नेपाली एकता मञ्च जापानको आइतबार भएको अधिवेशनमा बोल्दै भुसालले एमाले नेतृत्व हाल कुर्सीको मोहमा मात्रै व्यस्त रहेको बताए। उनले विद्या भण्डारीको सदस्यता नवीकरण नभएको घटनालाई उदाहरण दिँदै भने, “कुर्सी ताक्दा सदस्यता गयो र त्यसपछि राष्ट्रिय खलबली सुरु भयो।”

advertisement

भुसालले माओवादीमा पनि नेतृत्वको कुर्सीमोहकै कारण विवाद उत्पन्न भएको बताए। उनले भने, “जनार्दन शर्माले प्रचण्डलाई मत घटेकोमा प्रश्न गरेका थिए। यो नेतृत्वको कुर्सीमोह मात्रै हो।”

उनले वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक गणतन्त्रको मूल भावना कार्यान्वयनमा बाधा भएको र मुलुकले त्यसका कारण उकुसमुकुस भोगिरहेको बताए।

भुसालले आफ्नो पार्टीले अघि सारेको एजेन्डा कार्यान्वयन भए कांग्रेस पनि बाध्य भएर सहभागी हुने बताए। उनले थपे, “नयाँ पार्टी र कांग्रेस पनि सुशासन, रोजगारी र समाजवादको एजेन्डामा लाग्नेछन्।”

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com