काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन आयोग गठन नभएसम्म सडक आन्दोलनमा जाने चेतावनी दिएका छन्।
आइतबार झापामा सञ्चारकर्मीहरूसँगको भेटमा लिङदेनले भने, “सरकारले नैतिकता देखाएर भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन गर्नुपर्छ। यदि आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित सडकमा जानुपर्ने अवस्था पनि आउँछ।”
उनले संसद अवरुद्ध गर्ने आफ्नो कदम निरन्तरता दिने बताए र सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे। लिङदेनले भने, “हामीले सदन अवरुद्ध गर्यौँ, तर सरकारले बेवास्ता गर्दै अगाडि बढाइरहेको छ, जुन कुरा नेपाली जनताले हेरिराखेको छ।”
साथै, उनले पार्टीमा नयाँ साथीहरुलाई जिम्मेवारी बाँड्ने क्रममा गल्ती भए त्यसलाई सच्याएर अघि बढ्न तयार रहेको पनि बताएका छन्।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार












प्रतिक्रिया