काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रूपन्देही–३ को उपनिर्वाचनका नौ आकांक्षी उमेदवारलाई कारागारमा बोलाएर भेट गरेका छन्।

नख्खु कारागारमा राखिएका लामिछानेले आइतबार उमेदवारहरूसँग क्रमबद्ध भेट गर्दै आपसी इगो नबढोस् र सबैलाई समान अवसर सुनिश्चित गर्ने आश्वासन दिएका छन्। लामिछानेले भने, “नौजनामध्ये आज एकजना चुनावमा जाँदैछ, तर डेढ वर्षभित्र सबैलाई अवसर दिने व्यवस्था हुनेछ। कतै पनि असहयोग नगर्नु।” भेटमा सहभागी सुलभ खरेलका अनुसार, लामिछानेले “अलिकति गुनासोको ठाउँ पनि दिनुभएको छ” भने।

advertisement

उक्त बैठकपछि रास्वपाले सचिवालय बैठकमार्फत उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा रहेको छनोट समितिले निर्णय गरेका उम्मेदवारको सूची सचिवालयले अनुमोदन गर्ने मात्र हुनेछ, जानकारी महामन्त्री कवीन्द्र बुर्लाकोटीले दिएका छन्।

स्रोतका अनुसार सभापति लामिछानेले सुलभ खरेललाई उपयुक्त उम्मेदवारको रूपमा छनोट समितिमा सिफारिस गरिसकेका छन्। बैठकको समय केही ढिला हुँदै दिउँसो २:३० बजे सारिएको थियो।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com