काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले रुपन्देहीस्थित सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व. रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को अर्धकद शालिक अनावरण गरेका छन्।

आइतबार बुटवलस्थित प्रतिष्ठानको कार्यालय परिसरमा शालिक अनावरणसँगै ‘टंकमणि : एक क्रान्तिबीज’ शीर्षक पुस्तकको विमोचन पनि गरिएको थियो।

advertisement

कार्यक्रममा अध्यक्ष दाहालले टंकमणि बञ्जाडेले दश वर्षे जनयुद्धलाई सफल बनाउन आपूर्तिविभागमार्फत पुर्‍याएको योगदान स्मरण गरे। उनले जोखिमपूर्ण परिस्थितिमा जिम्मेवारी वहन गर्दै युद्धलाई सशक्त बनाउन टंकमणिले देखाएको साहस र त्याग अनुकरणीय रहेको बताए।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई सम्पूर्ण समाजका साझा नेता भएको उल्लेख गर्दै उपमहानगरले परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई सम्मान गर्दै आएको बताए। उनले केन्द्रमा राजनीतिक समीकरण बद्लिए पनि स्थानीय तहमा गठबन्धनको मर्मअनुसार काम भइरहेको स्पष्ट पारे।

सो अवसरमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल, पूर्वसभामुख ओनसरी घर्ति, पूर्वमन्त्री रेखा शर्मा, लुम्बिनीका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी, नेता जोखबहादुर महरा, प्रदेश अध्यक्ष सुदर्शन बराललगायतका नेताहरूको उपस्थिति रहेको थियो।

स्व. टंकमणि बञ्जाडेको २०७८ मंसिर ८ गते सवारी दुर्घटनामा निधन भएको थियो।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com