काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र झलनाथ–घनश्याम पक्षीय नेताहरूको छुट्टै बैठक नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सुरु भएको छ।
बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्यहरू लक्ष्मण लम्साल र नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई, मनाकुमारी साउदलगायतका नेताहरू सहभागी भएका छन्।
नेताहरूका अनुसार यो बैठकलाई अनौपचारिक भनिए पनि पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटीलगायतका बैठकका एजेन्डा तय गर्ने उद्देश्यले छलफल भइरहेको हो।
पछिल्लो समय अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच असमझदारी तीव्र बनेको छ। दुवै पक्षका नेताहरू सार्वजनिकरूपमै एकअर्काका भनाइलाई खण्डन गर्ने अवस्था समेत सिर्जना भएकोले झलनाथ–घनश्याम पक्षीय बैठकलाई विशेष अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार













प्रतिक्रिया