• फाइल फाेटाे

काठमाडौं ।  सशस्त्र प्रहरी बल, नेपालले राजस्व संकलन र कार्यसम्पादनमा कमजोरी देखिएको भन्दै एकैपटक १६ अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ।

सशस्त्र प्रहरी उपरीक्षकदेखि सहायक निरीक्षकसम्मका अधिकारीलाई कमाण्डको जिम्मेवारीबाट फिर्ता गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

advertisement

उनका अनुसार रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतलाई हटाएर रामहरी अधिकारीलाई पठाइएको छ। यस्तै बारा, पर्सा, पश्चिम नवलपरासी, कैलाली र कञ्चनपुरमा खटिएका सात निरीक्षक, पाँच नायव निरीक्षक र एक सहायक निरीक्षक पनि जिम्मेवारीमुक्त भएका छन्।

सीमा क्षेत्रका गण, गुल्म र बोर्डर आउटपोष्टमा कार्यरत कमाण्डरमाथि मुख्यालयबाट निगरानी बढाइएको छ। यसअघि पनि असन्तोषजनक काम देखिने अधिकृतहरूलाई समयमै हटाइएको र कारबाहीमा पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

मुख्यालयले अन्य प्रदेशका अधिकृतमाथि पनि सूक्ष्म निगरानी बढाउने जनाएको छ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com