काठमाडौं । ‘संयुक्त जनआन्दोलन समिति’ को कार्यवाहक संयोजकको जिम्मेवारी धवल शम्शेर राणालाई दिइएको छ। समितिका संयोजक नवराज सुवेदीले विदेश जानुपर्ने भएकाले कार्यवाहकको रूपमा राणालाई तोकेको जानकारी दिएका छन्।
राणा समितिमा आन्दोलन परिचालन समितिका संयोजकसमेत रहेका छन्। साथै, उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री पनि हुन्।
२०८१ चैत ४ गते नवराज सुवेदीको नेतृत्वमा गठन भएको ‘संयुक्त जनआन्दोलन समिति’ ले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी र हिन्दू राष्ट्र पुनर्स्थापनालगायतका मुद्दा अघि सार्दै आफ्नो अभियान सञ्चालन गर्दै आएको छ।
यसअघि संयोजक सुवेदीले आफूलाई प्रहरी सुरक्षामा घरमै नजरबन्द गरिएको र राजनीतिक गतिविधि गर्न रोक लगाइएको भन्दै समितिको कार्यवाहक संयोजकको जिम्मा जगमान गुरुङलाई दिएका थिए। तर, केही समयपछि उनले पुनः आफैं संयोजकको भूमिका सम्हालेका थिए।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार













प्रतिक्रिया