काबुल । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ। नांगरहार प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको ६ म्याग्नेच्युडको भूकम्पबाट ठूलो जनधनको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

गृह मन्त्रालयका अनुसार अहिलेसम्म ६१० जनाको मृत्यु पुष्टि भएको छ भने एक हजार ३०० भन्दा बढी घाइते भएका छन्।

advertisement

दुर्गम क्षेत्रमा भूकम्पले ठूलो असर पारेकाले उद्धार तथा राहत कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्। प्रभावित अधिकांश बस्तीका घर कच्ची भएकाले भूकम्पको शक्तिशाली धक्काले भत्किँदा क्षति बढेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com