काठमाडौं । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको अविभाज्य भूमि भएको स्पष्ट गर्दै यसबारे छिमेकी राष्ट्रहरूले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन पर्साले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले भारत र चीनले लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउन गरेको सम्झौतामा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको आपत्ति उचित भएको उल्लेख गरे ।

advertisement

“लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो । आफ्नो भूमिलाई आफ्नो भन्नु कुनै मुलुकविरुद्ध होइन,” उनले स्पष्ट पारे, “यसमा भारत वा चीनले चित्त दुखाउनु पर्ने विषय छैन ।”

लेखकले नेपालको भूमि कुनै पनि देशविरुद्ध प्रयोग नहुने आश्वासन दिँदै मित्रराष्ट्रहरूसँग सद्भावपूर्ण सम्बन्ध कायम राखेर राष्ट्रिय हितमा दृढ रहने सरकारको अडान दोहोर्याए ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com